सङ्घले पूर्ण अधिकार नदिँदा प्रदेशलाई काम गर्न समस्या भयो : मन्त्री खड्गी

रामेछाप । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ) ले सङ्घले पूर्ण अधिकार नदिँदा प्रदेशलाई काम गर्न समस्या भएको गुनासो गर्नुभएको छ ।

बिहीबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्गीले यस्तो गुनासो गर्नुभएको हो । मुलुक सङ्घीय संरचनामा गएर प्रदेश संरचना बनेको बसौँ भइसक्दा पनि सङ्घीय सरकारले अझै प्रदेशलाई अधिकार दिन आनाकानी गरिरहेको उहाँको आरोप छ ।

Advertisement

पूर्ण अधिकार नपाउँदा प्रदेशले सोचे अनुसारका कामहरू गर्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हुन त प्रदेश संरचना बनेको ७ वर्ष भइसक्यो । तर अझै प्रदेशहरूले संरचना अनुसारका पूर्ण अधिकार पाउन सकेका छैनन् । जसका कारण प्रदेशहरूले सोचे अनुसारका काम गर्न सकेका छैनन् । यही कारण प्रदेशको भूमिकामाथि विभिन्न ठाउँमा प्रश्नहरू उठिरहेका छन् ।”

आफू मन्त्री बनेपछि सामाजिक विकास मन्त्रालयले विभिन्न १० वटा भन्दा बढी कार्यविधिहरू बनाएर काम गरिरहेको बताउनुभयो । महिला सशक्तीकरण लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशका ४२ वटा पालिकाहरूमा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो ।

Advertisement

प्रदेशभरका सबै पालिकामा यो कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिएको भए पनि यो वर्ष ४२ वटा पालिका मा गृहिणी महिलाहरू÷गृहिणी महिला समूहहरूको लागि सीपमूलक तालीमहरू सञ्चालन गर्न सम्भव भएको उहाँले बताउनुभयो ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च