रामेछाप । अखिल नेपाल महिला संघ रामेछाप नगर कमिटीको अध्यक्षमा सम्झना बस्नेत चयन हुनुभएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य गीता कार्कीको प्रमुख आतिथ्यतामा शुक्रवार भँगेरीमा सम्पन्न प्रथम अनेमसंघ रामेछाप नगर कमिटीको प्रथम सम्मेलनबाट बस्नेतको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् ।
Advertisement
अनेमसंघ रामेछाप नगर कमिटीको नयाँ नेतृत्वको उपाध्यक्षमा शान्ति गुरुङ मोक्तान, सचिवमा भवानी खड्का, उप–सचिवमा हिम माया श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यहरूमा रिना दर्लामी, विनीता घिमिरे, गीता श्रेष्ठ, कमला सिजालि, सुमित्रा मगर, अनिता तामाङ, सूर्य माया मगर, सिता बुढाथोकी, शारदा चौलागाई शाही, दिलमाया तामाङ र अनिता तामाङ चयन हुनुभएको छ ।
प्रतिक्रिया