रामेछाप । रामेछापको तामाकोशीमा र्याफ्टिङको मज्जा लिन पाइने भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा यही माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ हुँदै छ ।
यही मेला प्रदर्शनीको अवधिभर जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको हलेदेदेखि मन्थली आकाशे पुलसम्म तामाकोशीमा र्याफ्टिङ सञ्चालन हुने छ ।
किङस्टार क्रियशन प्रालिले विगतका वर्षहरूमा हुने महोत्सवमा जस्तै यो वर्ष पनि तामाकोशीमा र्याफ्टिङ सञ्चालनको तयारी गरेको छ । रामेछाप जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले यो वर्ष पनि गएका वर्षहरूमा जस्तै हलेदेदेखि मन्थली आकाशेसम्म र्याफ्टिङ सञ्चालन गर्न लागिएको किङस्टार क्रियशन प्रालिका सञ्चालक सुमन खड्काले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “जिल्लाको पर्यटन आवागमन बढाउन विगत केही वर्षदेखि र्याफ्टिङ सञ्चालन गर्दै आएका छौँ । यो वर्ष पनि माघ १६ गतेदेखि २६ गतेसम्म ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीका अवसरमा र्याफ्टिङ सञ्चालन हुन्छ ।
मेला प्रदर्शनी अवधिभर तामाकोशीमा र्याफ्टिङको मज्जा लिन सकिने उहाँले बताउनुभयो । समूहमा मिलेर आउनेले १० हजार रुपैयाँ र व्यक्तिगत आउनेले एक हजार १०० रुपैयाँमा हलेदेखि मन्थली आकाशे पुलसम्म तामाकोशीमा र्याफ्टिङको मज्जा लिन सक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया