उमाकुण्ड गाउँपालिकामा सामुदायिक शिक्षा सुधार गर्न (पिएसटी) कार्यक्रम

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
गाउँपालिकाले यो अभियान अन्तरगत सबै वडाहरूमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावक शिक्षा कार्यक्रम (पिएसटी) सञ्चालन गरेको छ ।

गाउँपालिकाले वडा तहमा बालबालिकाको शिक्षा र भविष्य निर्माणका लागि तीन वटा पिल्लर अभिभावक, शिक्षक र विद्यार्थी सम्बन्ध कस्तो हुनुपर्छ, अभिभावक आफ्ना बालबालिकाका लागि कति लगनशील र कर्तव्यवोध जस्ता बिषयमा छलफल गरेको छ ।
त्यसै गरी हरेक अभिभावकले आफ्नो बालबालिका राम्रो होस, उत्कृष्ट होस र उसको भविष्य सुन्दर होस भन्ने चाहन्छ तर त्यसका निमित्त आफ्नो दायित्व निर्वाह गरे वा गरेनन्, अभिभावकको र बालबालिकाको बिच राम्रो समन्वय र एउटा असल साथी कसरी बन्न सक्छ जस्ता विषयमा पनि छलफल भएको छ ।

Advertisement

बालबालिकाको जीवन सफल बनाउन अभिभावकले बालबालिकालाई कसरी सपना देखाउने, शिक्षक कर्मचारीले बालबालिका प्रति कस्तो व्यवहार देखाउने र असल र सफल बालबालिका कसरी बन्ने जस्ता विषयमा छलफल गरिएको गाउँपालिका शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले बताउनुभयो ।
उहाँले भन्नुभयो “बालबालिकाको हातमा सीप, हृदयमा आत्मविश्वास, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोक्ने सामथ्र्यवान् नागरिक बनाउनु छ । विद्यालयलाई पढ्न र हेर्न लायक मात्र होइन । गर्व गर्न लायक बनाउँदै गाउँपालिकालाई शैक्षिक हब र सिकाइको केन्द्रबिन्दु निर्माण गर्न अभिभावकको जिम्मेवारी र दायित्वलाई बोध गराउन पनि यो कार्यक्रम महत्त्वपूर्ण भएको छ ।”

वडा नं ७ भुजीबाट सुरु भएको पिएसटी अभियान नुम्बुर हिमालको फेदी वडा नं १ गुम्देलमा पुगेर सम्पन्न भएको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका एक हजार ७५६ जना अभिभावक मध्ये एक हजार ४०६ जना सहभागी भएका शेर्पाले बताउनुभयो ।

Advertisement

यो अभियानमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी, वडाध्यक्ष लगायतका जनप्रतिनिधि, गाउँपालिका शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीहरू लगायतको पनि सहभागिता थियो । गाउँपालिकालाई शैक्षिक हब र सिकाइको केन्द्रबिन्दु निर्माण गर्न अभिभावकको जिम्मेवारी र दायित्वलाई पहिलो सर्त बनाउने र साझेदारी लिने अभियानका साथ माघ ४ गतेदेखि माघ १० गते सम्म सञ्चालन भएको थियो ।

गाउँपालिकाको यो अभियानले अभिभावक र शिक्षकहरूमा शिक्षा सुधारको लागि केही गर्नुपर्छ भन्ने भावना विकास गरेको यो अभियानमा सहजीकरण गर्नुभएका बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले बताउनुभयो ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च