सुनकोशीमा मोटरसाईकल खस्दा बेपत्ता दुई युवक सम्पर्कमा आए

सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा मोटरसाईकल खस्दा बेपत्ता भएको दुई युवा सम्पर्कमा आएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–७ घर भएका मोटरसाईकल चालक राजाबाबु यादव र सोही स्थानका अर्का युवा आशिष मण्डल सम्पर्कमा आएका हुन् ।

Advertisement

मोटरसाईकल दुर्घटना भएपछि उनीहरु अर्काे सावरी साधनमा चढेर गएराती नै काठमाडौं गएको प्रहरीले जनाएको छ । यादव र मण्डल सामान्य घाईते मात्रै भएका र उपचार भईरहेको सिन्धुलीका इन्सेपेक्टर सुनिल चौरासियाले जानकारी दिनुभयो ।

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका–७ स्थित सडकबाट ज १० प २६०४ नम्बरको मोटरसाईकल सुनकोशी नदीमा खसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सडकबाट करिब ३५ मिटर तल नदी मोटरसाईकल खसेको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च