बचतकर्ताको ५ करोड बढी ठगी गर्ने रामेछापका निरबहादुर श्रेष्ठ सहित १० जना फरार

काठमाडौं । बचतकर्ताको करोडौँ रकम ठगी गरी फरार भएको आरोपमा रामेछाप घर भएका सहकारीका अध्यक्षसहित १० सञ्चालक फरार भएका छन् ।

बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुर स्थित शुभ समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष रामेछापका एक सहित १० जना फरार रहेका हुन्।

Advertisement

ललितपुुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेर १० जना फरार भएका हुन् ।

सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी, भावना तिमल्सिना र ३७ वर्षीय केदारबाबु कटुवाल, फरार रहेका हुन् ।
यस्तै, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षिय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत र अर्का सदस्य ३८ वर्षिया शर्मिला शाक्य फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरुमध्ये कोषाध्यक्ष रमेशलाल भट्टराई यसअघि बैँकिङ कसुर मुद्धाका प्रतिवादी रहेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतम सञ्चालक समितिका १० जनालाई प्रतिवादी बनाउँदै माघ १० गते मुद्धा दायर गरेको हो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च