धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरी सँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।
शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।
टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको छ ।
अछाममा २ किशोरीको मृत्यु भएको घटनामा शंकास्पद २ किशोर पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया