रामेछाप । रामेछापमा विद्यार्थीहरूले सहयोग सङ्कलन गरेर विद्यार्थीलाई नै शैक्षिक सामाग्री वितरण गरेका छन् ।
अनेरास्ववियु मन्थली नगर कमिटीले संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा मन्थली नगरपालिका–१४ फुलासीका दुई वटा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
Advertisement
सो वडाको श्री भीमेश्वर आधारभूत विद्यालयले र श्री मिल्ती जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा नै गएर शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले बताउनुभयो ।
ती विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, सापनर, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, वडाका जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थी संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।
Advertisement
यस्तै अनेरास्ववियु मन्थली नगर कमिटीको दोस्रो नगर अधिवेशन भएको पहिलो वर्ष पूरा भएको अवसरमा बिरामी भेटघाट एवं फलफूल वितरण कार्यक्रम गरिएको छ ।
अनेरास्ववियु मन्थली नगर कमिटी अध्यक्ष उत्सव केसी नेतृत्वमा केन्द्रीय सदस्य जिल्ला इन्चार्ज टक घतानी, केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, अनेरास्ववियु बागमती प्रचारप्रसार विभाग सचिव कुमार मिजार लगायतका टोलीले मन्थली नगर अस्पतालका बिरामीहरूलाई गत शनिवार फलफूल वितरण गरेको हो ।
प्रतिक्रिया