काठमाडौँ । अनलाईन जुवा खेलाएको आरोपमा रामेछापका एक सहित दुई जना पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका हुन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले मन्त्र १०८ नामक वेबसाइटबाट अनलाइन बेटिङ खेल्ने तथा खेलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
Advertisement
प्रहरीका अनुसार उनीहरुले दुई करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको पाईएको हो । उनीहरूको मोबाइल परीक्षणबाट क्रिप्टोमा पनि लगानी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गत जुवा तथा सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया