काठमाडौंं । सत्तापक्ष दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् ।
सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न हिजो भएको बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् ।
Advertisement
संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।
गठबन्धन सरकार भएकाले थप केही छलफल गर्नुपर्ने विषय भए प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वसँग छलफल गर्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।
साथै अरु आवश्यक कानून पनि छिट्टै ल्याउने, संसद्लाई पर्याप्त बिजनेस दिएर तदारुकताका साथ कानून र विधि निर्माणमा उपयोग गर्ने बैठकको निष्कर्ष छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया