खुम्बु पासाङल्हामु गाउँपालिका प्रवेश गर्ने सवारी साधनले शुल्क तिर्नुपर्ने

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने सवारी साधनको लागि शुल्क तोकेको छ । गाउँपालिकाले सडक मर्मत सम्भार बापतको शुल्क भन्दै सवारी साधनको लागि शुल्क तोकेको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ र सडक मर्मत सम्भार शुल्क ढुवानी साधन (प्रति क्विनटल) प्रति पटक १० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने छ । गाउँपालिकाको आर्थिक ऐन, २०८१ को दफा १३ एवम् अनुसूची १२ मा व्यवस्था भए अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्र भित्र प्रवेश गरी संचालन गर्ने सवारी साधन सेवा शुल्क तोकेको गाउँपालिकाले जनाएको छ ।
सेवा शुल्क पालिकाको वडा नं। १ खरिखोलामा अवस्थित नगर प्रहरी पोष्टमा बुझाउन समेत अनुरोध गरेको छ । सगरमाथा क्षेत्र सोही गाउँपालिकामा पर्दछ । अब सगरमाथा क्षेत्र प्रवेश गर्ने सवारी साधनले प्रतिसिटको हिसाबले रकम गाउँपालिकालाई तिर्नुपर्ने छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च