रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा स्थानीय बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले मङ्गलवार एक सूचना जारी गरी मङ्गलवार बसेको गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार सोनाम ल्होसारको उपलक्ष्यमा माघ १८ गते स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो ।
सूचनामा मङ्गलवार बसेको कार्यपालिकाको बैठक अनुसार यस सुनापति गाउँपालिकाको पालिका केन्द्र, वडा कार्यालयहरु , विद्यालयहरू स्वास्थ्य संस्थाहरू (अत्यावश्यक काम बाहेक बैङ्क तथा वित्तीय संस्थाहरूमा माघ १६ र १७ गते सार्वजनिक विदा रहेको उल्लेख छ ।
Advertisement
सूचनामा मञ्जुश्री सम्वत २८६१ डुल लो सर्प वर्ष ल्हो सोनाम ल्होसार (तामाङ ल्होसार) को उपलक्ष्यमा माघ १८ गते पनि स्थानीय बिदा हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया