७ औँ मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा ७ औँ मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारबाट सुरु भएको छ । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको मन्थली नगर प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले व्यक्तिको स्वास्थ्य र राष्ट्रकै लागि खेलकुद महत्त्वपूर्ण रहेकाले यो क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको बताउनुभयो । खेलकुद क्षेत्रको विकास गरी खेलाडीहरूलाई बिक्ने र टिक्ने बनाउनुपर्छ भनेर नागरपालिका लागेको उहाँले बताउनुभयो ।

Advertisement

माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता प्रतियोगिता सञ्चालन हुने मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनुभयो । प्रतियोगितामा नगरपालिका भित्रका २० वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिन बुधवार सहभागी विद्यालयमा सञ्चालित स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले मार्च पास प्रदर्शनी गरेका छन् । मार्च पास प्रदर्शनीमा कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलले पहिलो हुँदै १५ हजार रुपैयाँ पुरस्कार जितेको छ । त्यसै गरी मन्थली माविले दोस्रो हुँदै १० हजार र तामाकोशी इङ्लिस बोर्डिङ स्कुलले तेस्रो हुँदै पाँच हजार रुपैयाँ नगद पुरस्कार जितेको आयोजन मन्थली नगर खेलकुद विकास समितिले जनाएको छ ।

Advertisement

आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन एक सय मिटर दौड प्रतियोगिता सकिएको छ । त्यसै गरी भलिबल, कबड्डी एथलेटिक्स खेल पनि सुरु भएका छन् । तेकान्दो, कराँते जस्ता खेलहरू भने प्रतियोगिताको दोस्रो दिन बिहीबार बिहान ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
१४ वडाका २० वटा विद्यालयको सहभागिता रहेको यो प्रतियोगिताका लागि मन्थली नगरपालिकाले यो वर्षको २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च