मन्थलीमा ११ दिने कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा बुधवारबाट जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा सुरु भएको मेला प्रदर्शनी माघ २६ गते शनिवारसम्म चल्ने छ ।

मेला प्रदर्शनीको नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै वैद्यले बजारलाई चलायमान बनाउन यस्ता मेला प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Advertisement

कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासका लागि पनि यस्ता मेला, महोत्सव र प्रदर्शनीको ठुलो रोल रहने उहाँको भनाइ छ ।
कार्यक्रममा बागमती सांसद एवं प्रदेश उद्योग, पर्यटन र वन वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र र राज्यलाई बलियो बनाउने गरी अहिलेको सरकार लागि रहेको बताउनुभयो ।

तीन खम्बे अर्थनीतिलाई अगाडी बढाउन अहिलेको सरकार काम, कार्यक्रम, नीति, बजेट र योजना सहित अगाडी बढिरहेको उहाँको भनाइ छ । राज्यको महत्त्वपूर्ण साझेदारका रूपमा रहेको निजी क्षेत्रको विकासका लागि सरकार लागि रहेको उहाँले बताउनुभयो । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारसँग जोड्न यस्ता मेला प्रदर्शनी महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

Advertisement

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेमबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डिल्ली बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका नेता उदव रम्तेल लगायतले रामेछापमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास र सम्भावना बारे बोल्नुभएको थियो ।

जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउने उद्देश्यले मेला प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । यो मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ ।

Advertisement

आयोजकका अनुसार मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रममा भने टिकट काट्नुपर्ने छ । ७५ वटा भन्दा बढी स्टलहरू रहेको र स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई भने पालिकाहरूको सहयोगमा स्टल निःशुल्क प्रदान गरिएको आयोजकको भनाइ छ ।

मेला प्रदर्शनीमा आफ्नो प्रस्तुति दिन चर्चित गायक, गायिकाहरू राजनराज सिवाकोटी, यलिना चौहान, रचना रिमाल, मिलन नेवार, दुर्गेश थापा मन्थली आउने छन् । त्यस्तै सरोज लामिछाने, शान्ति रानी परियार, प्रकाश कटुवाल, रामकुमार नेपाली, ज्योति मगर जस्ता चर्चित कलाकारहरू पनि आफ्नो प्रस्तुति दिन मन्थली आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च