तेस्रो मन्थली नगर कप भलिबल प्रतियोगिताको तयारीः सबै वडालाई बल र नेट वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सके लगत्तै तेस्रो मन्थली नगर कप भलिबल प्रतियोगिताको तयारीमा लागेको छ ।

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म मन्थलीमा तेस्रो पुरुष र पहिलो महिला मन्थली नगर कप भलिबल प्रतियोगिता हुँदै छ ।
गएका वर्षहरूमा मन्थली नगर कप अन्तरगत पुरुषको मात्रै भलिबल खेल सञ्चालन गर्दै आएको नगरपालिकाले यो पटक भने महिलाको पनि खेल सञ्चालन गर्ने तयारी गरेको छ ।
तेस्रो मन्थली नगर कपको तयारीका लागि नगरपालिकाले तयारी गर्न भन्दै सबै १४ वटै वडाहरूलाई बल र नेट प्रदान गरेको छ ।

Advertisement

शनिवार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सबै वडालाई तेस्रो मन्थली नगर कप भलिबल प्रतियोगिताको तयारी गर्न बल र नेट प्रदान गरिएको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिनुभयो ।
मन्थली नगर खेलकुद विकास समितिले यही माघ १६, १७ र १८ गते तीन दिन ७ औँ मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो ।

नगरभित्रका २० विद्यालयको सहभागितामा भएको प्रतियोगितामा ३१ स्वर्ण,२५ रजत, १८ कांस्यसहित ७१ वटा पदक हात पार्दै मन्थली माविले उपाधि जितेको थियो । १७ स्वर्ण १२ रजत, १८ कांस्य गरी ४७ वटा पदक हात पार्दै तामाकोशी बोर्डिङ स्कुल दोस्रो र ६ वटा स्वर्ण, ८ रजत, ६ कांस्यसहित २० वटा पदक जितेर कर्कला देवी बोर्डिङ स्कुल तेस्रो भएका थिए ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च