रामेछाप । अखिल नेपाल महिला संघ (अनेमसंघ) रामेछापको चौथो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न संगठनको जिल्ला अधिवेशनले शान्ता न्यौपाने सुवेदीको अध्यक्षतामा २९ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा मुना कँडेल, सचिवमा लक्ष्मीकुमार तामाङ, सहसचिवमा अनिता कार्की फुयाँल र कोषाध्यक्षमा कमला लामा निर्वाचित हुनुभएको छ ।
अनेमसंघकी जिल्ला अध्यक्ष गंगा कार्कीको अध्यक्षता तथा संगठनकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेल, पार्टी केन्द्रीय सदस्य गीता कार्की, अनेमसंघ केन्द्रीय सचिव शारदा कुमाल, वाग्मती प्रदेश कमिटी अध्यक्ष विमला शर्मा, एमाले वाग्मती प्रदेश कमिटी सदस्य माया कार्की, नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कँडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, उपसचिव मिलनकुमार घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामनाका साथै नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
Advertisement
कार्यक्रममा बोल्दै अध्यक्ष हमालले अनेमसंघ महिला आन्दोलन र महिला अधिकार स्थापित गर्ने अग्रणी संस्था भएको बताउनुभयो । उहाँले अनेमसंघ र महिलाको शक्तिलाई कम नआँक्न आग्रह गर्नुभयो ।
नेपालमा महिला अधिकारमैत्री कानुनहरू बनेका भए पनि त्यसको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गीता कार्कीले महिलाले पाएको जिम्मेवारी पुरुषले भन्दा सफलतापूर्वक निर्वाह गरेको कुरालाई नबिर्सिन आग्रह गर्नुभयो । त्यसैले आउने निर्वाचनमा स्थानीय तहमा महिलालाई उपाध्यक्ष मात्र होइन अध्यक्षको टिकट दिनु पर्ने उहाँको धारणा थियो ।
Advertisement




























प्रतिक्रिया