मन्थली बचतले मनायो आफ्नो २८ औँ स्थापना दिवस, ९० जना सदस्यलाई विद्युतीय चुलो प्रदान

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ९० जना सदस्यलाई विद्युतीय चुलो दिएको छ ।

सहकारीले २८ औँ स्थापना दिवसका अवसरमा आइतबार सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सहकारीले विद्युतीय चुलो प्रदान गरेको हो ।
सहकारीले गत वर्षहरूमा जस्तै २८ औँ स्थापना दिवसमा पनि ९० जना सदस्यहरूलाई इन्डक्सन(विद्युतीय) चुलो प्रदान गरिएको सहकारीका सचिव हिमाल ढुङ्गेलले बताउनुभयो । आफ्ना सदस्यहरूको भान्सा धुवाँ रहित बनाउने अभियान स्वरूप विद्युतीय चुलो प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“सहकारीले आफ्नो स्थापना दिवसमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

Advertisement

२८ औँ स्थापना दिवसमा उत्कृष्ट बचत कर्ता ५ जना, उत्कृष्ट बाल बचत कर्ता ५ जना, उत्कृष्ट ऋणी ५ जना र अन्य ७५ जना सदस्यलाई विद्युतीय चुलो प्रदान गरिएको छ । यो आफ्ना सदस्यको भान्सा धुवाँ रहित बनाउने सहकारीको अभियान हो ।”
२४ जना कर्मचारी मध्येबाट उत्कृष्ट एक जना कर्मचारीलाई नगद पाँच हजार सहित सम्मान गरिएको पनि उहाँले बताउनुभयो । अहिले मन्थली बचतको झन्डै १७ हजार जना शेयर सदस्य रहेको यो सहकारी जिल्लाकै अब्बल सहकारी माध्ये एक बन्न सफल भएको सहकारीका अध्यक्ष घिमिरेले बताउनुभयो । मन्थली बचतले रामेछाप जिल्ला विकासका लागि विभिन्न ठाउँमा भूमिका रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले रामेछाप जिल्लाको सहकारी आन्दोलनमा मन्थली बचत तथा ऋण सहकारी संस्थाको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
२०५४ साल माघ २० गते जिल्ला सहकारी कार्यालय काठमाडौँमा विधिवत् दर्ता भएर रामेछापमा कार्यक्षेत्र बनाई २०५० सालमा तामाकोशी सेवा समितिका ११ जना कर्मचारीहरूको रु १–१ हजार सञ्चालन गरी सुरु भएको थियो ।

Advertisement

यो सहकारीले अहिले जिल्लाका दुई नगरपालिका तथा ६ वटै गाउँपालिकाको ६४ वटै वडा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ ।
१६ हजार ९४५ जना शेयर सदस्य रहेको मन्थली बचतको एक अर्ब ३७ करोड ६५ लाख एक हजार ७५६ रुपैयाँको कूल सम्पत्ति रहेको छ । नौ करोड ४३ लाख १५ हजार ९०० पैयाँ शेयर पुँजी रहेको मन्थली बचतले ७८ करोड ९७ लाख ९५ हजार १७४ रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको एक अर्ब ५ करोड ८५ लाख ६३ हजार १४९ रुपैयाँ कुल बचत रहेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च