तामाकोशीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु, ५ जना प्रहरी नियन्त्रणमा

रामेछाप । तामाकोशीमा करेन्ट लगाएर माछा मार्ने क्रममा रामेछापमा एक युवकको ज्यान गएको छ । गए राति १० बजेको समयमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा मन्थली नगरपालिका–८ चिसापानी स्थित जखनीटारका २१ वर्षीय सुरेश माझीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लगाएर माछा मार्न भन्दै गए राति जखनीटारका मृतक माझी सहित ६ जना तामाकोशीमा गएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट उक्त युवकको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताउनुभयो ।

Advertisement

अहिले प्रहरीले मृतक माझीसँगै माछा मार्न साथी गएका २६ वर्ष र २२ वर्षका दुई युवक , १८ वर्षका एक जना र १३ वर्षका दुई जना किशोरहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार मृतक माझीको शव पोस्टमार्टमका लागि सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा राखिएको छ । पछिल्लो समय रामेछापमा तामाकोशीमा गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने घटनाहरू वृद्धि भइरहेको गुनासो आइरहेका छन् ।

Advertisement

यस्ता घटना नियन्त्रणका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतका निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको जनप्रतिनिधिहरूले नै सार्वजनिक कार्यक्रमहरूमा नै गुनासो गर्दै आएका छन् ।

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च