प्रेस चौतारी रामेछापको अध्यक्षमा लेखबहादुर विक, सचिवमा डोर शङ्कर बरुवाल

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा लेखबहादुर विक चयन हुनुभएको छ । मङ्गलवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको प्रेस चौतारी नेपाल रामेछापको ५ औँ जिल्ला अधिवेशनले विकको अध्यक्षतामा पदाधिकारी र सदस्यहरू निर्विरोध चयन गरेको हो ।

नयाँ कमिटीको उपाध्यक्षमा शान्ता श्रेष्ठ, समावेशी उपाध्यक्षमा सीता पुरी , सचिवमा डोर शङ्कर बरुवाल, सहसचिवमा कुमार मिजार र कोषाध्यक्षमा शर्मिला बिसुन्के चयन हुनुभएको छ ।
त्यसै गरी सदस्यहरूमा भवानी खड्का र सन्जना रसाइली निर्विरोध चयन हुनुभएको छ । चौतारी रामेछापबाट केन्द्रीय प्रतिनिधिमा युनिक विफा घिसिङ र पार्वती पाठक चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा नवराज श्रेष्ठ र सुमित्रा लामा चयन हुनुभएको छ ।

Advertisement

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवस पारेर आयोजित जिल्ला अधिवेशनको उद्घाटन सत्र नेकपा एमालेका नेता तथा बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, एमाले प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, प्रेस चौतारी नेपालका महासचिव हीरामान लामा , एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया, र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठ, पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ, समाजवादी प्रेस संगठन रामेछापका अध्यक्ष कैलाश खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Advertisement

वक्ताहरूले वर्तमान समयमा सञ्चार क्षेत्र अवस्था र विकास र समृद्धिका लागि पत्रकार र सञ्चार माध्यमले खेल्नु पर्ने भूमिकाका लगायतका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका विभिन्न तहमा निर्वाचित पदाधिकारीलाई समेत सम्मान गरीएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च