प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार सुमित्रा लामालाई

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता वर्ष पुरस्कार २०८१ बाट सुमित्रा लामा सम्मानित हुनुभएको छ ।

मङ्गलवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवस विशेष कार्यक्रम तथा ५ औँ रामेछाप जिल्ला अधिवेशनका अवसरमा लामा उक्त पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

Advertisement

लामालाई नगद रु १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । पुरस्कृत लामा विगत १४ वर्षदेखि निरन्तर रेडियो पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ रामेछाप सदरमुकाम मन्थलीबाट सञ्चालित रेडियो इनर्जी १०६.२ मेघाहर्जमा कार्यरत हुनुहुन्छ ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी रामेछापले हरेक वर्षको माघ २२ गते पर्ने प्रेस चौतारी नेपालको स्थापना दिवसका दिन प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता वर्ष पुरस्कार प्रदान गर्दे आएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च