रामेछाप । रामेछाप जिल्लाका विभिन्न तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत नौ सय बढी विद्यार्थीहरूलाई एकै दिन न्यानो कपडा प्रदान गरिएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य समाजसेवी रत्नप्रसाद गौतमले खाँडादेवी गाउँपालिका–४ को एउटा र दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका दुई वटा विद्यालयका ९४६ विद्यार्थीलाई मङ्गलवार ट्याक सुट वितरण गर्नुभएको हो ।
खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित सीमान्तकृत माझी समुदायका विद्यार्थीको बाहुल्यता रहेको श्री भीमेश्वर प्रसून कँडेल माविमा शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने २५६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण प्रदान गरिएको छ ।
Advertisement
गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्र तथा सीमान्तकृत माझी समुदायबाट सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी ४ जना विद्यार्थीलाई नगद पाँच हजार रुपैयाँ सहित प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।
विद्यार्थीलाई दिएको एक जोर कपडाले केही नहुने भए पनि उनीहरूलाई विद्यालय आउन र अभिभावकलाई आफ्ना छोरा छोरी विद्यालय पठाउन उत्प्रेरित गर्ने नेता गौतमले बताउनुभयो । उहाँले भन्नुभयो“एक जोर कपडाले केही हुँदैन । तर विद्यार्थी र अभिभावकलाई विद्यालय आउन र पठाउन उत्प्रेरित भने गर्छ । सोही कुरालाई ध्यानमा राखेर यो काम गरिएको हो ।”
Advertisement
यो विद्यालयमा पढ्ने धेरै विद्यार्थीहरू बिचमा नै पढाई छाडेर मजदुरी गर्न जाने समस्या रहेकाले विद्यार्थीलाई उत्प्रेरित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार मङ्गलवार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका दुई वटा विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा प्रदान गरिएको छ । विद्यालयको अनुरोध र पार्टीसँगको समन्वयमा सुर्के माविका ४४० जना र सञ्जीवनी मावि पात्लेका २०५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको उहाँले बताउनुभयो ।
ती कपडा एमालेका नेता, टङ्क चौलागाईँ, दीपेन्द्र कार्की, वडाध्यक्ष प्रेम लामा, अनेरास्ववियु केन्द्रीय सदस्य तिलक घतानी लगायतले विद्यार्थीलाई वितरण गर्नुभएको छ । ती दुवै विद्यालयमा थामी समुदायको बाहुल्यता रहेको छ । ती विद्यालयमा पनि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
रामेछाप जिल्लामा स्वास्थ्य, बिरामीको उपचार, विपत् पीडितलाई सहयोग तथा शैक्षिक क्षत्रमा सहयोग गर्दै आउनुभएका गौतमले यसै वर्ष मन्थली माविका एक हजार २०० र दोरम्बा शैलुङ गाउँपालिकाको गोश्वाराका ३०० विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गर्नुभएको थियो ।
Advertisement
प्रतिक्रिया