संविधान संशोधन गर्न प्रतिपक्षको पनि सहमति चाहिन्छ : नेता भट्टराई

रामेछाप । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज डाक्टर राजन भट्टराईले संविधान संशोधनका लागि थप समय लाग्ने बताउनु भएको छ ।

बिहीबार प्रेस चौतारी नेपाल रामेछापले आयोजन गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो “संविधान संशोधन हुन्छ । तर समय लाग्छ । संविधान बन्न नै ७ वर्ष लाग्यो । अब संशोधन जस्तो कुरा सबै सँग छलफल गर्नुपर्छ । संविधान संशोधनका लागि प्रतिपक्षको समेत सहमति चाहिन्छ । ”

Advertisement

सरकार निर्माणका समयमा संविधान संशोधन गर्ने सहमति भए पनि कुन कुन विषयमा संशोधन हुने भन्ने बारेमा छलफल समेत नभएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा भट्टराईले मुलुकलाई अप्ठेरो परेका बेला नेपाली काँग्रेस र नेकपा एमाले मिल्ने गरेको बताउनु भयो । जनता दिएको मतका आधारमा जिम्मेवारी बढी एमाले र काँग्रेसको काँधमा रहेको समेत भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “जनताले दिएको मतका आधारमा जिम्मेवारी बढी एमाले र काँग्रेसकै काँधमा छ । यो सबैलाई थाहा भएकै कुरा हो । अब जनताको चाहना अनुसार काम पनि एमाले र काँग्रेस मिलेर बनेको वर्तमान सरकारले गर्छ ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि देश सकारात्मक बाटोमा हिँडेको समेत उहाँको दाबी छ । मुलुककै दुई ठुला राजनीतिक पार्टीहरू एमाले र काँग्रेस मिलेर सरकार बनेपछि अर्थतन्त्र लगाएका सूचकमा सुधार आएको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “अहिलेको सरकार बनेपछि देश सकारात्मक दिशामा अगाडी बढेको छ । यो सरकार बनेपछि अर्थतन्त्र लगायत धेरै कुराहरूमा सुधार भएका छन् ।”
अर्को प्रसङ्गमा उहाँले सरकारले अध्यादेश मार्फत शासकीय सुधारलाई प्राथमिकता दिँदै जन अपेक्षित ऐन, कानुन निर्माणमा लागेको बताउनुभयो । अहिले सरकारले देशलाई प्रविधिसँग जोड्दै आइटी क्षेत्रबाट आर्थिक विकासलाई जोड दिइएको उहाँको भनाइ छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरूले समेत सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने गरी काम गर्न सक्ने उहाँको विश्वास छ ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च