निजामती कर्मचारी संगठन रामेछापको अध्यक्षमा रोहिणी राज चापागाईँ दोहोरिए

रामेछाप । नेपाल निजामती कर्मचारी संगठन रामेछापको अध्यक्षमा पुनः रोहिणी राज चापागाईँ चयन हुनुभएको छ । सदरमुकाम मन्थलीमा शुक्रवार सम्पन्न भएको संगठनको १२ औ जिल्ला अधिवेशनले फेरी चापागाईँको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले संगठनको उपाध्यक्षमा युवराज खडका, महिला उपाध्यक्षमा बबिता प्रधान, सचिवमा राम कुमार श्रेष्ठलाई चयन गरेको छ । त्यसै गरी सह–सचिवमा सुमन गिरी र कोषाध्यक्षमा तुलसा पौडेल चयन हुनुभएको छ ।

Advertisement

नेपाल निजामती कर्मचारी संगठन रामेछापको १२ औ जिल्ला अधिवेशनको उद्घाटन सत्र संगठनका केन्द्रीय सदस्य अमर गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उद्घाटन सत्रमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य लव श्रेष्ठ, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, सचिव प्रकाश कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च