रामेछाप । रामेछापका जुनार कृषकहरूले पाकेको जुनार फल जङ्गली जनावरहरूले नष्ट गरेको गुनासो गरेका छन् ।
शुक्रवार जुनार जोन सञ्चालन समन्वय समिति रामेछापको वडा नं. ७ सुकाजोरमा भएको घुम्ती बैठकमा जुनार कृषकहरूले यस्तो गुनासो गरेका हुन् ।
जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुन्ज बहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा जुनार कृषक रामकुमार कार्कीले बाँदरले अरू बालीनालीसँगै जुनारमा पनि क्षति गर्न थालेको गुनासो गर्नुभयो ।
Advertisement
बोटमा पाकेको जुनार बाँदर, मृग लगायतका जङ्गली जनावरहरूले नष्ट गरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “अन्य बाली जस्तै जुनार बगैँचामा पनि जङ्गली जनावरहरूले दुःख दिन थालको छ । बाँदर, मृग लगायतका जङ्गली जनावरहरूले जुनारको दाना झार्ने, टोक्ने गर्छन् । बाँदरले जुनार कृषकलाई धेरै दुःख दिएको छ ।”
अर्का जुनार कृषक ज्ञान बहादुर तामाङले पनि हावापानी सुहाउँदो जुनारको बिरुवा नहुँदा बिरुवा मर्ने समस्या देखा परेको अरू ठाउँहरूबाट खरिद गरेको बिरुवा हुर्काउनै नसकेको गुनासो गर्नुभयो ।
Advertisement
जुनार कृषक इन्द्र तामाङले यस वर्ष किसानले बगैँचामै प्रतिकिलो ५० देखी ७० रुपैयाँसम्म मूल्य पाएको भन्दै खुसी व्यक्त गर्नुभयो।
प्रतिक्रिया