रामेछाप । नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्षमा शरण कुमार श्रेष्ठ चयन हुनुभएको छ । शुक्रवार र शनिवार सदरमुकाम मन्थलीमा चलेको संगठनको १४ औँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
संगठनको नयाँ समितिको उपाध्यक्षमा सङ्कर बहादुर बस्नेत, महिला उपाध्यक्षमा सुनमाया तामाङ र सचिवमा सन्तोष भण्डारी चयन हुनुभएको छ ।
Advertisement
त्यसै गरी सह–सचिवमा शारदा खड्का र कोषाध्यक्षमा जीतबहादुर तामाङ चयन हुनुभएको छ । त्यसै गरी संगठनको रामेछाप जिल्ला कमिटीबाट कुमार पहाडी, केशर श्रेष्ठ, गङ्गा बहादुर कार्की, दुर्गा पौडेल केन्द्रीय प्रतिनिधिमा चयन हुनुभएको छ ।
प्रतिक्रिया