मन्थलीमा वडा स्तरीय ब्याडमिण्टन प्रतियोगिता, सुदिप श्रेष्ठ पहिलो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ मन्थलीमा वडा स्तरीय ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।

सानीमदौ सामुदायिक सिकाई केन्द्र र मन्थली नगरपालिका–१ वडा कार्यालयको समन्वयमा मन्थली नमुना बाल समुह सञ्चालको आयोजनामा शनिबार वडा स्तरिय बालबालिका बिच ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको हो ।

Advertisement

१२ जना सहभागि प्रतियोगितामा सुदिप श्रेष्ठ पहिलो, कुशल बस्नेत दोस्रो र कौरब बस्नेत तेस्रो भएका छन् ।
वडा बाल सञ्जालका अध्यक्ष सक्षम कार्कीको अध्यक्षतामा भएको प्रतियोगितामा मन्थली नगरपालिका–१ वडा अध्यक्ष होम प्रसाद पौडेल, ब्यामिण्टन संघका जिल्ला अध्यक्ष भिमसेन लामा, बालमैत्री सम्पर्क ब्यक्ति तिजा कुमारी भुजेल, सानिमदौ सिकाई केन्द्रका अध्यक्ष तीर्थ सुबेदी, बालमैत्री सहजकर्ता लक्ष्मी कार्की सुवेदी, सामाजिक परिचालिका निर्जला काफ्ले सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागिलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र बितरण गरिएको सानीमदौ सामुदायिक सिकाई केन्द्र मन्थलीका अध्यक्ष तीर्थ सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च