जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा मन्थली नगरको तयारी, १३५ जना खेलाडी सहभागी हुने

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा यही माघ २८ गतेदेखि ३० गतेसम्म १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै छ ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगितामा सहभागिताका लागि जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाले तयारीमा जुटेका छन् ।

Advertisement

यो प्रतियोगिता व्यवस्थापनका लागि मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ बजेट दिने भएको छ । शनिवार बसेको मन्थली नगर खेलकुद विकास समितिको बैठकले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापनका लागि १२ लाख रुपैयाँ बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्थली नगरपालिकाले यो वर्ष गएका वर्षहरूमा भन्दा यो वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लागि विशेष तयारी गरेको छ । प्रतियोगिता अन्तरगत सञ्चालन हुने विभिन्न खेलका लागि व्यवस्थापकको जिम्मेवारी तोकेर तयारी भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार भलिबल खेलका लागि नगर खेलकुद विकास समितिका उपाध्यक्ष बासुदेव फुयाँल र सदस्य मनीषा माझी, कबड्डीका लागि सुरेश भुजेल र वृद्धिराज माझी, एथलेटिक्सका लागि नरबहादुर माझी र नरसिंह धामीले व्यवस्थापनको काम गरिरहेका छन् ।

Advertisement

त्यसै गरी कराँतेका लागि विशाल केसी, उसुका लागि मनीषा माझी र तेकान्दोका लागि देवेन्द्र श्रेष्ठ र राजेश सेन्चुरीले आवश्यक व्यवस्थापनको काम गरिरहेका छन् । प्रतियोगिताको विभिन्न विधाका खेलहरुमा नगरपालिकाबाट १३५ जना खेलाडी सहभागी हुने अध्यक्ष माझीले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च