रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । आफ्नो चौथो वार्षिक उत्सवका अवसरमा सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पतालले आइतबार तीन किलोमिटरको म्याराथन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागीहरू मन्थली देवकोटा चोकबाट बसपार्क, ट्राफिक बिट, आकाशे हुँदै करम्बोट झोलुङ्गे पुलबाट तामाकोशी तरेर गाइखुरा हुँदै आकाशे पुलसम्म दौडिएका थिए ।
Advertisement
५० जना भन्दा बढी सहभागी भएको प्रतियोगितामा पुरुष तर्फ सुदिप श्रेष्ठ पहिलो, सुशील बुढाथोकी दोस्रो र अमृत अधिकारी तेस्रो भएका छन् । महिला तर्फ सङ्गीता केसी पहिलो, समिता श्रेष्ठ दोस्रो र अर्चना बोहरा तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले क्रमशः दुई हजार, एक हजार ५०० र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया