रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, ७३९ जना खेलाडी सहभागी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सोमबारबाट १२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा माघ ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
माघ ३० गतेसम्म चल्ने प्रतियोगितामा रामेछाप जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७३९ जना खेलाडी सहभागी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो । ६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता खेलहरू सञ्चालन हुने उहाँले बताउनुभयो ।
१९ लाख २२ हजार २०० रुपैयाँ प्रतियोगिताको अनुमानित लागत रहे पनि व्यवस्थापन रहेको मन्थली नगर खेलकुद विकास समितिबाट १२ लखा रुपैयाँ बजेट व्यवस्थापन भएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । स्काउट मार्च पास प्रदर्शनीमा पहिलो हुने पालिकाकालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिता अन्तरगतका खेलहरू सोमबार बिहानैदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने दिउँसो १ः०० बजे बागमती प्रदेश सांसद एवं बागमती प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गर्ने आयोजकले जनाएको छ ।

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च