१२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा सोमबारबाट १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको वाग्मती प्रदेश सांसद एवं प्रदेश उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्घाटन गर्नुभयो ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा माघ ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।

Advertisement

प्रतियोगितामा रामेछाप जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७३९ जना खेलाडी सहभागी रहेको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो ।

६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता खेलहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन सोमबार भलिबल, स्काउट मार्च पास प्रदर्शनी, कबड्डी लगायतका खेलहरू भएका छन् ।

Advertisement

प्रतियोगितामा पहिलो हुने पालिकाले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउनेछन् । १९ लाख २२ हजार २०० रुपैयाँ प्रतियोगिताको अनुमानित लागत रहेको यो प्रतियोगिताको व्यवस्थापन रहेको मन्थली नगर खेलकुद विकास समितिबाट १२ लखा रुपैयाँ बजेट व्यवस्थापन भएको आयोजकले जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च