तेस्रो मन्थली नगर कप सुरु, विजेताले एक लाख र उपविजेताले ७५ हजार पुरस्कार पाउने

रामेछाप । रामेछापको मन्थलीमा तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता र प्रथम महिला भलिबल प्रतियोगिता सुरु भएको छ । फागुन ७ गते बुधवारसम्म चल्ने प्रतियोगिता मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा शनिवार बिहानबाट सुरु भएको हो ।

प्रतियोगिता अन्तरगतका खेलहरू शनिवार बिहानैबाट सुरु भए पनि औपचारिक उद्घाटन भने दिउँसो जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा बागमती प्रदेश सांसद एवं प्रदेश उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गर्नुभयो ।

Advertisement

गएका वर्षहरूमा पुरुषको मात्रै प्रतियोगिता हुँदै आएको नगर कपमा यो वर्षबाट महिलाको पनि खेल समावेश गरिएको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनुभयो ।

यो पटक १४ वडाका १४ टिम पुरुष र ७ वडाका ७ टिम महिला गरी कुल २१ वटा टिमको सहभागिता रहेको उहाँले बताउनुभयो । यो वर्ष वर्षबाट सुरु गरिएको महिला प्रतियोगितामा १, २, ३, ६, ७, ८ र १३ नम्बर वडाका महिला टिम सहभागी रहेको अध्यक्ष माझीले बताउनुभयो ।
प्रतियोगितामा पुरुष तर्फ पहिलो हुनेले नगद एक लाख रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

Advertisement

त्यसै गरी दोस्रो हुने टिमले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
महिलातर्फ प्रथम हुने टिमले नगद ५० हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुनेले नगद ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

कूल १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा भाग लिने सबै वडाहरूलाई खेलाडी व्यवस्थापनका लागि ५०–५० हजार रुपैयाँको दरले रकम प्रदान गरिएको आयोजकले जनाएको छ । गत वर्षको दोस्रो नगर कप वडा नं ७ भटौलीले जितेको थियो ।

Advertisement

भने प्रथम नगर कपको उपाधि मन्थली–१ ले जितेको थियो । यो वर्ष पनि साबिक विजेताहरू वडा नं १ मन्थली र वडा नं ७ भटौलीलाई नै प्रमुख उपाधि दाबेदार मानिएको छ ।

 
 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च