रामेछाप । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) मन्थली नगरपालिकाको अध्यक्षमा भक्त बहादुर बलम्पाकी चयन हुनुभएको छ । शनिवार मन्थलीमा सम्पन्न माओवादी केन्द्र मन्थली नगरपालिकाको दोस्रो सम्मेलनले बलम्पाकीको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
नयाँ नेतृत्वमा उपाध्यक्षमा नारायणदास श्रेष्ठ, राजेन्द्र कार्की र गङ्गालाल गोले चयन हुनुभएको छ । सचिव रामबहादुर तामाङ, सह–सचिवमा गणेश माझी र कोषाध्यक्षमा हिरा कुमारी गिरी चयन हुनुभएको छ । कार्यालय सदस्यहरूमा कुंगलाल तामाङ, जितबहादुर घिसिङ र युवराज सुबेदी चयन हुनुभएको छ । सह–इन्चार्जमा दीपकराज प्रसाईँ र दिलीपराज गिरी चयन हुनुभएको छ ।
प्रतिक्रिया