रामेछाप । तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले जितेको छ । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा हराउँदै वडा नं ८ चिसापानीले पहिलो पटक उपाधि चुमेको हो ।
फाइन खेलमा वडा नं ८ चिसापानीले वडा नं १० चनखुलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । वडा नं १० चनखु भने उपविजेता मै सीमित बनेको छ ।
Advertisement
प्रतियोगिताको विजेता चिसापानीले नगद एक लाख रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं १० चनखुले भने नगद ७५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु प¥यो ।
प्रतियोगिताको सुरुवाती चरणमा उपाधिको दाबेदारका रूपमा हेरिएको वडा नं ७ भटौली तेस्रो भएको छ । भटौलीले नगद ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
Advertisement
महिला तर्फको उपाधि भटौलीलाई
प्रतियोगिता अन्तर्गत भएको प्रथम महिला नगर भलिबलको उपाधि भने वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित हराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।
विजेता भटौलीले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता फुलासीले नगद ३० हजार, तेस्रो हुन सफल वडा ६ भलुवाजोरले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
Advertisement
फागुन ३ गते शनिबारेदेखि जिल्ला समन्वय समितिको मैदानमा भएको प्रतियोगितामा महिला तर्फ १४ वडा मध्ये ८ वडा सहभागी भएका थिए ।
पहिलो पटक महिलाको पनि खेल समावेश गरिएको प्रतियोगितामा नगरका वडा नं १,२, ३, ६, ७, ८ र १३ नम्बर वडाले मात्रै सहभागिता जनाएका थिए । तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगितामा भने १४ वटै वडाले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया