रामेछाप नगरपालिकामा चार वटा स्वास्थ्य चौकी भवन अलपत्र

रामेछाप । रामेछाप नगरपालिकाको विभिन्न वडाहरूमा निर्माणाधीन स्वास्थ्य चौकी भवनहरू अलपत्र बनेका छन् । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा वडा नं १ गोठगाउँ, वडा नं ४ हिमगंगा, वडा नं ५ रामपुर र वडा नं ६ ओख्रेनीमा स्वास्थ्य चौकी भवन अलपत्र बनेका हुन् ।
१५ महिनामा काम सक्ने गरी २०७८ असारबाट निर्माण सुरु भएका यी स्वास्थ्य संस्थाका भवन निर्माणको काम निर्माण व्यवसायीले लामो समयदेखि रोकेर राखेको छ । भारत सरकारको सहयोगमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थली मार्फत स्काई विवश जे.बि चाबहिल काठमाडौँले २०७८ असारबाट यी स्वास्थ्य चौकी निर्माणको काम सुरु गरेको थियो ।

अहिले यी स्वास्थ्य संस्थाहरूको काम सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले हेरिरहेको छ । निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेकै कारण २०७९ असोज मै निर्माण सम्पन्न हुनुपर्ने स्वास्थ्य चौकी भवनहरू अलपत्र अवस्थामा छन् । स्वास्थ्य संस्थाहरू निर्माणमा ढिलाइ गरी निर्माण व्यवसायीले नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहँदा पनि स्थानीय सरकार लगायत सरोकारवाला मौन रहेको स्थानीय माधव ढकालले बताउनुभयो ।

Advertisement

समयमै भवन निर्माण नहुँदा पूर्वाधारको अभावले स्वास्थ्य संस्थाहरूले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाको चार वडा वडामा निर्माणाधीन स्वास्थ्य संस्थाको काम रोकिएको लामो समय भइसक्यो । अहिले स्वास्थ्य चौकी भवनहरू अलपत्र बनेका छन् । निर्माण व्यवसायीले काम रोकेर स्वास्थ्य चौकी भवन अलपत्र छाड्दा पनि सम्बन्धित निकाय मौन छन् । ”
१५ महिनामा काम सक्ने गरी २०७८ सालबाटै निर्माण सुरु भएका स्वास्थ्य चौकीहरू अहिलेसम्म नबन्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको रामेछाप नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो“वडा नं १, ४, ५ र ६ नम्बरमा निर्माण सुरु भएका स्वास्थ्य चौकी भवन अझै पुरा हुन सकेको छैन । अधिकांश स्वास्थ्य संस्था निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर निर्माण व्यवसायीले लामो समयदेखि काम बन्द गर्दा भवनहरू अलपत्र अवस्थामा छन् ।” भवन निर्माणको काम छिटो सक्न स्थानीय सरकारले जति ताकेता गर्दा पनि केही नलागेको उहाँले गुनासो छ ।

Advertisement

सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार वडा नं १ गोठगाउँ स्वास्थ्य चौकीको लगभग ८५ प्रतिशत, वडा नं ४ को हिमगंगा स्वास्थ्य चौकीको ८२ प्रतिशत, वडा नं ५ रामपुर स्वास्थ्य चौकीको ९० प्रतिशत र वडा नं ६ ओख्रेनी स्वास्थ्य चौकीको ९० प्रतिशत काम सकिएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च