रामेछाप । रामेछापको मन्थलीमा २० वर्ष मुनिको तीनलाल स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला भलिबल सङ्घ रामेछापको प्राविधिक सहयोगमा अनेरास्ववियु रामेछापको आयोजनामा शुक्रवारबाट सुरु भएको प्रतियोगिता फागुन १२ गतेसम्म चल्ने छ ।
अनेरास्ववियु जिल्ला कमिटी रामेछापका अध्यक्ष पुष्कर भट्टराईको अध्यक्षता साथै अनेरास्ववियुका केन्द्रीय सचिव एवं बागमती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरियाको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
Advertisement
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, सहिद गङ्गालाल र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको योगदानलाई कदर गदै उहाँहरूको सम्झनामा तीनलाल स्मृति कप २०८१ को आयोजना गरिएको आयोजकले जनाएको छ ।
मन्थली नगर खेलकुद विकास समिति मुख्य प्रायोजक रहेको प्रतियोगितामा अखिल क्रान्तिकारी र नेविसंघ सहित रामेछाप जिल्लाबाट १५ टिम र छिमेकी जिल्ला दोलखाको मेलुङ गाउँपालिकाको एक टिम गरी १६ टिमको सहभागिता रहेको आयोजकको भनाइ छ ।
Advertisement
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार सहिद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले पनि नगद दश÷दश हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि डाक्टर सुजन कडरिया, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह–इन्चार्ज सागरहरि अधिकारी, अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्ष लालबहादुर बुढाथोकी, नेकपा एमाले रामेछाप जिल्ला कमिटी सचिव प्रकाश कार्की, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तिलक घतानी लगायतले प्रतियोगी खेलाडीहरूको मनोबल बुलन्द राख्नलाई आ–आफ्ना तर्फबाट शुभकामना मन्तव्य सहित खेलाडीहरूलाई थप हौसला प्रदान गर्नुभएको
Advertisement
प्रतिक्रिया