मन्थलीमा करदाता शिक्षा र दर्ता नवीकरण सम्बन्धी अभिमुखीकरण

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा एक दिने करदाता शिक्षा, दर्ता नवीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय मन्थलीसँगको समन्वयमा नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछापको आयोजनामा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।
करदाता शिक्षाको अभावले व्यवसायीहरू दण्ड जरिवाना लगायतका समस्यामा पर्ने गरेका छन् । जसका कारण व्यवसायी र राज्य तथा कर लिने निकायबिचको दुरी बढ्दो मात्रामा छ ।

Advertisement

यही कुरालाई ध्यानमा राखेर करदाता सेवा कार्यालयसँग समन्वय गरी सुनचाँदी व्यवसायीहरूका लागि करदाता शिक्षा, दर्ता नवीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको नेपाल सुनचाँदी कला व्यवसायीसँग जिल्ला शाखा रामेछापका सचिव सीताराम लोहारले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा सहभागी सुनचाँदी व्यवसायीहरूलाई करदाता सेवा कार्यालय मन्थलीकी प्रमुख प्रतिमा घिमिरेले करदाता शिक्षा, दर्ता नवीकरणका सम्बन्धमा रहेका प्रावधानका बारेमा जानकारी गराउनुभयो ।

Advertisement

प्रमुख घिमिरेले सहभागी व्यवसायीहरूलाई राजश्व, कर, करको महत्त्व लगायतका बारेमा जानकारी गराउँदै आफ्नो व्यवसायको आय विवरण अद्यावधिक गर्ने लगायतका बारेमा जानकारी गराउनुभएको छ ।

कार्यक्रमका सहभागीहरूले करदाता शिक्षा, दर्ता नवीकरण जस्ता कुरामा भएका प्रावधान लगायतका बारेमा पूर्ण जानकारी नहुँदा आफूहरू समय समयमा दण्ड जरिवाना लगायतका समस्यामा पर्ने गरेको गुनासो गरेका छन् ।

Advertisement

व्यवसायीहरूलाई यस्ता समस्याबाट मुक्त गराई उनीहरूको व्यवसायलाई चुस्त दुरुस्त राख्नका लागि समय समयमा करदाता शिक्षा, दर्ता नवीकरण सम्बन्धी यस्ता कार्यक्रम सञ्चालन गर्न सहभागीहरूले सुझाव दिए ।

कार्यक्रमको शुभारम्भमा रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरे लगायतले व्यवसायीमा करदाता शिक्षा, दर्ता नवीकरणको महत्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा रामेछाप जिल्लाभरका ४० जना भन्दा बढी सुनचाँदी व्यवसायी तथा कालिगडहरू सहभागी भएका आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च