काठमाडौंबाट रामेछाप आउँदै गरेको बस काभ्रेकोमा दुर्घटना, २४ जना घाइते

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान ८ बजेर २० मिनेटको समयमा काठमाडौंबाट रामेछाप आउँदैै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस बीपी राजमार्ग अन्र्तगत धुलिखेल नगरपालिका–१० शारदा बतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Advertisement

आफैं अनियन्त्रित भइ सडकको नालीमा पल्टेर दुर्घटना हुँदा उक्त बसमा सवार चालक र सह–चालकसहित २४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।

घाइतेमध्ये १७ जनालाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । धुलिखेल अस्पतालमा उपचार भइरहेका घाइतेहरुमध्ये चालक र सहचालक गम्भीर घाइते रहेको र उनीहरुको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च