मन्थली नगरको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार, वडा तहमा छलफल गरिने

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार गरेको छ । बिहीबार मन्थली नगरपालिका नगर विपद् व्यवस्थापन समिति बैठकमा नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ मस्यौदा प्रस्तुत गरिएको छ ।

नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा बाढी, पहिरो, सुख्खा खडेरी, आगलागी, भूकम्प महामारी, हावाहुरी जस्ता विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ मस्यौदा प्रस्तुत गरिएको हो ।

Advertisement

मस्यौदामा विगत ३० वर्ष यता नगरपालिकामा विपद् जन्य घटनाले गरेको क्षति उल्लेख गरिएको छ । त्यसै गरी नगरपालिकाभित्र वडाहरूको विभिन्न ठाउँहरूलाई बाढी, पहिरो, सुख्खा खडेरी, आगलागी, भूकम्प महामारी, हावाहुरी जस्ता विपद् जन्य घटनाको जोखिम पहिचान गरिएको छ ।

बैठकमा सहभागीहरूले नगरपालिकाले विपद्का घटनाबाट हुन सक्ने हानी नोक्सानीलाई ध्यानमा राखेर नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ मस्यौदा तयार गर्नु राम्रो कुरा भएको बताए । तर तयार भएको मस्यौदा बारे नगरका सबै वडा तहमा पुगेर सरोकारवाला निकायसँग छलफल गर्ने र नगर स्तरमा पनि सरोकारवाला निकायसँग छलफल गरी सुझावहरू लिएर पूर्णता दिनुपर्नेमा सहभागीहरूको जोड थियो ।

Advertisement

नगर प्रमुख लव श्रेष्ठले नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ मस्यौदालाई वडा तहमा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव आएकाले सोही सुझाव अनुसारका काम गरेर मात्रै पूर्णता दिइने बताउनुभयो । यो मस्यौदामाथि वडामा आवश्यक छलफल सहित आगलागी जन्य विपद्का बारेमा थप प्रभावकारी प्रतिकार्य योजना समावेश गरेर पूर्णता दिइने उहाँले बताउनुभयो । नगर विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८१ मस्यौदा तयार गर्न प्राविधिक सहजीकरण थिर बहादुर थापा (रवीन) ले गर्नुभएको हो । 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च