प्रेस चौतारीको महाधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुने

काठमाडौँ । प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आगामी चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुने भएको छ । यसअघि चौतारीको १० औँ महाधिवेशन यही फागुन २५ देखि २७ सम्म विराटनगरमा गर्ने मिति तय भएको थियो ।

तर चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा फागुन ११ गते बसेको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न हुन नसकेका कारण महाधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा नै गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आज विज्ञप्तिमार्फत व्यवस्थापन लगायतका प्राविधिक कारणले महाधिवेशनको मिति सरेको जनाउनु भएको छ ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च