रामेछापमा महिलावादी अनुपम अभियान सुरु, मन्थलीमा र्‍याली

रामेछाप । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको छ । शनिवार रामेछाप सदरमुकाम मन्थली बजारमा र्‍याली कार्यक्रम गरी अभियान सुरु गरिएको हो ।

न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले आईजीएफएफले “देशभर २०८४ मा महिला, हुनुपर्छ पहिला” भन्ने मुल नारा सहित अभियान चलाइरहेको छ ।

Advertisement

सोही कार्यक्रम अन्तर्गत र्‍यालीमा समानता सशक्त महिलालाई नेतृत्व, जाने बेला भयो अब डटेर, पाइँदैन हक पछाडि हटेर, वरिपरि होस अब छिटो नारी पुरुष दुबैको अस्तित्व लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । नारा सहितको र्‍यालीले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई रामेछाप नगरपालिकाकी निवर्तमान उपप्रमुख सिर्जना खड्का, अनुपम अभियानकी रामेछाप जिल्ला संयोजक अन्जला श्रेष्ठ, आईजीएफएफ रामेछापको अध्यक्ष मञ्जु माझिले सम्बोधन गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा रामेछापका विभिन्न राजनीतिक दलका महिला नेतृ, विभिन्न सङ्घसंस्थामा आबद्ध महिला, व्यवसायी महिला र सर्वसाधारण महिलाहरूको सहभागिता रहेको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च