काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हतियार किन्न प्रयोग गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की गरेर संयुक्त अधिराज्य बेलायत पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री कीर स्टार्मरले घोषणा गरेको सहायता रकम समेन हतियार खरिद गर्न प्रयोग गर्ने बताए।
ह्वाइट हाउसको यात्रापछि डाउनिङ्ग स्ट्रीट पुगेका जेलेन्स्कीले युद्धको सुरुवातदेखि नै बेलायतले देखाएको समर्थनका लागि धन्यवाद ज्ञापन गरे । जेलेन्स्कीले बेलायती किंग चाल्र्ससँग समेत भेट गर्ने कार्यक्रम रहेको छ ।
जेलेन्स्कीको ह्वाइट हाउस प्रवेश तथा बहिर्गमनको विश्वव्यापी चर्चा छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले जनताको भावनामाथि खेलवाड गरेर तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए पछि जेलेन्स्कीले त्यसको ठाडै प्रतिवाद गरेका थिए । यस सँगै उनलाई ह्वाइट हाउसबाट निस्किन भनिएको थियो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायतले दिने २.२६ विलियन पाउण्ड पनि हतियार किन्न प्रयोग गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
2
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया