रामेछापमा लापसे गरी सवारी चलाउने चालक प्रहरीको फन्दामा

रामेछाप । रामेछापमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकहरू प्रहरीको फन्दामा पर्न थालेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गरेको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुई जना चालकलाई मन्थली स्थित भैसेश्वर चोकबाट नियन्त्रणमा लिएको छ ।
आइतबार मन्थली नगरपालिका–१ स्थित भैँसेश्वरमा गरिएको विशेष चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाइरहेका एक जना र एक जना भ्यान चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप प्रमुख दीपक चौलागाईले जानकारी दिनुभयो ।
मन्थली अस्पतालको प्राविधिक सहयोगमा गरिएको चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा उनीहरुलाई फेला पारिएको उहाँले बताउनुभयो ।

Advertisement

चेक जाँच गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय पठाइएको उहाँले बताउनुभयो ।

सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको उहाँले बताउनुभयो ।

Advertisement

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा प्रहरीलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च