कान्छारामले ‘म काँग्रेस नभई ठेकेदार हुँ, ठेकेदारलाई पार्टी नहेरी सहयोग गर्छु’ भनेपछि केन्द्रमा उजुरी

रामेछाप । नेपाली कांग्रेस रामेछापको पदाधिकारीहरूले नै जिल्ला पार्टी थिति र विधिमा नहिँडेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी पदाधिकारीहरूले जिल्ला पार्टी विधिमा सञ्चालन नभएको भन्दै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउनुभएको छ ।

Advertisement

पार्टी उपसभापति नवराज थोकर, सचिव विनोद कार्की र सहसचिव कमल योञ्जनले संयुक्त रूपमा हस्ताक्षर गरी पार्टी केन्द्रीय स सभापतिको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँहरूले ऊर्जा जलस्रोत तथा सिचाइ राज्यमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातदेखि नै पार्टीको विधि विधान र पद्धतिलाई बेवास्ता गर्दै स्वेच्छाचारी ढङ्गबाट शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्वलाई ख्याल नगरी पार्टीमा निरन्तर लागेका इमानदार कार्यकर्तालाई बेवास्ता गरेको उहाँहरूको आरोप छ ।

निष्ठावान् र योग्य नेता तथा कार्यकर्ताहरूको गालीगलौज गरी अवमूल्यन गर्ने, केही आसेपासेको सल्लाहमा एकलौटी ढङ्गबाट राजनीतिक नियुक्ति जस्ता काम गरेको उहाँहरूले आरोप लगाउनुभएको छ ।

Advertisement

‘समग्र पार्टी संगठनलाई गतिशील र प्रभावकारी बनाउन पार्टी भित्र रगत र पसिना बगाएका, लोकतान्त्रिक व्यवस्था स्थापनार्थ आन्दोलनमा होमिएका कार्यकर्ताहरूको भूमिका कमजोर बनाई उनीहरूको पार्टी भित्र स्वस्थ बहस तथा छलफल गर्न पाउने हक अधिकारलाई कुण्ठित गरी सभापतिले व्यक्तिगत उद्देश्य प्राप्तिका लागि आग्रह र पूर्वाग्रह अनुसार पार्टी विधि विधान र पद्धतिलाई लत्त्याएर पार्टीको हित विपरीत एकलौटी पेलेर निर्णय लाद्ने काम भएको छ’, उहाँहरूले ध्यानकर्षणपत्रमा लेख्नु भएको छ ।
पार्टीका केन्द्रीय नेताहरू समेतको उपस्थितिमा भएका छलफलमा सभापतिले विगतका भए गरेका गल्ती तथा कमजोरी नदोहोराउने प्रतिबद्धता गरे पनि बारम्बार तिनै घटना दोहोरिएका उहाँहरूको गुनासो छ ।

पार्टी केन्द्रीय सदस्य मदनबहादुर अमात्यको प्रमुख आतितथ्यमा भएको जिल्ला कार्यसमितिको बैठकमा निर्वाचित सदस्यहरूलाई हटाउने निर्णय भएपछि केन्द्रीय सदस्य अमात्य असहमत भई निर्णय पुस्तिकामा हस्ताक्षर नगरी बैठकबाट बाहिरिनु भएको र सो निर्णय प्रति आफूहरूको पनि रहेको र फरक मत समेत जाहेर गर्न नदिएको उहाँहरूले गुनासो गर्नुभएको छ ।

Advertisement

पार्टी मातहतका विभिन्न तहगत संरचना नेतृत्व तथा अन्य पदमा विविध कारणले रिक्त भएका स्थानमा सभापतिले विधान, नियमावली अनि केन्द्रीय परिपत्रको मर्म र भावना विपरीत आफूखुसी नियुक्ति गरेको उहाँहरूको आरोप छ ।

निर्वाचित जिल्ला कार्यसमितिका सदस्यहरूलाई हटाउने गरी विधान विपरीत निर्णय गरिएको कुरा सच्याउनु पर्ने उहाँहरूले माग गर्नुभएको छ ।
नेपाली काँग्रेसको मूल्य मान्यता र परम्परालाई बेवास्ता गर्दै पार्टी तथा दातृसंस्थाको कार्यक्रममा जिल्ला सभापतिको उपस्थितिमा उपसभापतिलाई कार्यवाहक सभापतिको रूपमा आसन ग्रहण गर्न लगाउने जस्ता गलत नजिर स्थापना गर्न खोजेको उहाँहरूको सिकायत छ ।
सभापति तामाङले आफूलाई माओवादीले टिकट दिएर जिताएका भन्दै हिँडेको भन्ने गम्भीर आरोप समेत उहाँहरूले लगाउनुभएको छ ।

‘सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले मलाई संघीय सांसदको टिकट पार्टी सभापति शेरबहादुर देउवाले दिएको होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको भनी पार्टीको बदनाम गरेको, म कांग्रेस नभई ठेकेदार हुँ, त्यसैले आगामी निर्वाचनमा कुनै ठेकेदारले टिकट पाए पार्टी नहेरी जुनसुकै पार्टीको ठेकेदार भए पनि सहयोग गर्छु भन्ने अभिव्यक्ति निर्माण व्यवसायी संघ रामेछापको कार्यक्रममा भाषण गरेको, अन्य सार्वजनिक समारोहहरूमा पनि गैरजिम्मेवार भाषणबाट हामी कांग्रेसका कार्यकर्ता तथा लोकतन्त्रवादीहरूको मनोबल गिराउने अवस्था सिर्जना गरेको’, उहाँहरूको सिकायत छ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अधिवेशनमा प्रमुख अतिथि बन्नुभएका सभापति तामाङले केही मान्छेलाई उचालेर झगडा गराई नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सदस्य जीबहादुर मगर लगायत जिल्लाका नेताहरूलाई छानी छानी कुटपिट गरिएको, परिस्थिति असहजका वावजुत भागेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापमा मुद्दा लगाई दुःख दिएको आरोप उहाँको छ ।

राजनीतिक नियुक्ति अन्तर्गत भूमि आयोग लगायतमा एकलौटी ढङ्गबाट बारम्बार एउटै व्यक्तिलाई नियुक्ति दिएको, जिल्ला खेलकुद समिति रामेछाप नेपाली कांग्रेसको भागमा परेकोमा आफू अनुकूलको नियुक्त गर्ने व्यक्ति नभए पछि जिल्ला खेलकुद समिति नेकपा एमालेलाई दिएको पनि उहाँहरूको आरोप छ ।
स्थानीय तह निर्वाचनमा आधिकारिक निर्णय भएको उपप्रमुख, उपाध्यक्ष र वडा अध्यक्षको टिकट खोसेर आफ्ना मान्छेलाई दिएको तथा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउने उम्मेदवारहरूलाई पुरस्कृत गरेको पनि उहाँहरूको आरोप छ । यस विषयमा असहमति राख्ने कांग्रेसका कार्यकर्ताहरूलाई कारबाहीको धम्की दिने गरेको उहाँहरूले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च