सिन्धुलीमा १७ वर्षीया श्रीमतीको घाँटी थिचेर हत्या

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । जिल्लाको दुघौली नगरपालिका–८ कछुवाखाडीमा घरको भान्सा कोठामा झगडा हुँदा २२ वर्षीय दिनेश सदाले १७ वर्षीया श्रीमती अनिशा सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति हत्या भएको र स्थानीयले सोमबार प्रहरीलाई खबर गरेपछि श्रीमान् दिनेश पक्राउ परेका छन् । स्थानीयका अनुसार झगडा हुँदा आवेशमा आएर घाँटी थिचेर हत्या दिनेशले बताएका थिए ।

Advertisement

श्रीमान् सदालाई इलाका प्रहरी कार्यालय डकाहाको टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उनीहरूको एक वर्षअघि विवाह भएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च