मन्थलीमा तीन जिल्लाका दुग्ध व्यवसायीलाई मिल्क एनालाइजर तालिम

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका लागि मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम आयोजना गरिएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजनामा पाँच दिने तालिमको आयोजना गरिएको हो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका सञ्चालक किशोर पौडेलको अध्यक्षतामा बुधवारबाट तालिम सुरु भएको चिरञ्जीवी डेरी उद्योगका सञ्चालक एवम् तालिमका संयोजक भानुभक्त श्रेष्ठले बताउनुभयो ।

Advertisement

नेपाल डेरी एसोसिएसन बागमती प्रदेश समितिका सदस्य समेत रहनु भएका श्रेष्ठले दूध व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग पुगोस् भनेर तालिम राखिएको बताउनुभयो । उहाँले भन्नुभयो “पछिल्लो समयमा रामेछापमा दूध उत्पादन गर्ने किसानहरू बढ्दो मात्रामा छन् । अब डेरी उद्योगहरू प्रविधि मैत्री बन्न अत्यावश्यक छ । यही कुरालाई ध्यानमा राखेर यो तालिमको आयोजना गरिएको हो ।”

तालिममा दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट २५ जना दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूको सहभागिता रहेको श्रेष्ठले बताउनुभयो । पाँच दिनसम्म चल्ने तालिममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका गोविन्द शर्मा तिमल्सिनाले सहजीकरण गरिरहनुभएको उहाँले बताउनुभयो ।

Advertisement

नेपाल डेरी एसोसिएसन बागमती प्रदेश समितिका अध्यक्ष टिकाप्रसाद घिमिरेले दुग्ध किसान र डेरी उद्योगीहरूको हितका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपाल डेरी एसोसिएसनले दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । डेरी एसोसिएसनले विशेष गरी दुग्ध सङ्कलन केन्द्र तथा दुग्ध डेरीहरूलाई प्रविधिमैत्री बनाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दे आएको छ ।”

Advertisement

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगरपालिकामा दूध उत्पादनमा अनुदान दिन थालेपछि दूध उत्पादन गर्ने किसानहरू बढ्दो मात्रामा रहेको बताउनुभयो । नगरपालिकाले दूध, मासु र कुखुराको अन्डामा नगरपालिकालाई आत्मनिर्भर बनाउने हेतुले अनुदान लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

मन्थलीमा सुरु भएको मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिमले दूध व्यवसायलाई प्रविधिमैत्री बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । समयानुकूल नयाँ प्रविधिको अपनत्व गर्दै तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्न सक्नुपर्नेमा उहाँको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च