रामेछाप । रामेछाप नगरपालिका भित्रका ३५ वटा सहकारी संस्था सम्पर्कविहीन बनेका छन् । कृषि विकास कार्यालय मन्थलीमा विभिन्न समयमा दर्ता भएका ३५ वटा सहरकारी सम्पर्कविहीन अवस्थामा रहेको पाइएको हो ।
हाल उक्त सहकारी संस्थाका सञ्चालकहरू समर्पकमा नरहेको बताइएको छ । सम्पर्कविहीन अवस्थामा रहेका सहकारी संस्थाहरूले तत्कालीन समयमा कृषि विकास कार्यालयमा दर्ता भएपछि अनुदान बापतको रकम १÷१ लाख रुपैयाँ गरी कूल ३५ लाख रुपैयाँ लिएका थिए ।
Advertisement
तर ती सहकारी सम्पर्क विहीन अवस्थामा रहेको आर्थिक वर्ष २०७९।०८० को महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यी सहकारी संस्थाहरूको बचत सङ्कलन तथा ऋण परिचालन गरे नगरेको समेत खुलेको छैन । सहकारी संस्थाहरूलाई प्रचलित कानुन बमोजिम सम्पर्कमा ल्याई शेयर सदस्यहरूको लगानी र बचतको सुरक्षाको प्रत्याभूत गर्नेतर्फ ध्यान समेत पालिकालाई महालेखाले सचेत गराएको छ ।
‘कृषि विकास कार्यालय मन्थलीमा विभिन्न मितिमा दर्ता भएका ३५ वटा बचत तथा ऋण उपभोक्ता सहकारी संस्था र कृषि सहकारी संस्था हाल सम्पर्क भन्दा बाहिर रहेका छन् भन्ने विवरण प्राप्त भएको छ । उक्त सहकारी संस्थालाई कृषि विकास कार्यालयमा दर्ता भए पश्चात् एक लाख रुपैयाँ अनुदान नेपाल सरकारले दिने व्यवस्था अनुरूप ३५ लाख रुपैयाँ सहकारी संस्थाहरूलाई अनुदान स्वरूप वितरण गरेको देखिन्छ’, आर्थिक वर्ष २०७९।०८० को महालेखाको प्रतिवेदनमा भनिएको छ ।
Advertisement
हाल उक्त सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नरहेको पालिकाको भनाई रहेको छ । उक्त सहकारी संस्थाहरूको बचत सङ्कलन तथा ऋण परिचालन गरेको वा नगरेको खुलेको छैन । पालिकाले सम्पर्क बाहिर रहेका सहकारी संस्थाहरूलाई प्रचलित कानुन बमोजिम सम्पर्कमा ल्याउने र शेयर सदस्यको लगानी र बचतको सुरक्षाको प्रत्याभूत गर्ने तर्फ ध्यान पर्ने महालेखाको प्रतिवेदनले भनेको छ ।
प्रतिक्रिया