अन्तर्राष्ट्रिय महिला दिवसमा सद्भाव र्‍याली र लोक गीत प्रतियोगिता

रामेछाप । आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सद्भाव र्‍याली र महिला सशक्तीकरण सम्बन्धी लोक गीत प्रतियोगिता आयोजना गरी दिवस मनाइएको छ ।

मन्थली नगरपालिकाको सहयोगमा क्रियाशील पत्रकार महिला रामेछापले कार्यक्रमको आयोजना गरेको हो । दिवसका अवसरमा मन्थलीको मदन आश्रित चोकबाट विपिचोक, देवकोटा चोक, कटहरबोट हुँदै मन्थली नगरपालिकासम्म सद्भाव र्‍याली आयोजना गरिएको थियो ।

Advertisement

त्यसपछि मन्थली नगरपालिकाको हलमा महिला सशक्तीकरण सम्बन्धी लोक गीत प्रतियोगिता आयोजना गरिएको थियो ।
क्रियाशील पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा विभिन्न पाँच वटा महिला टोलीले भाग लिएका थिए ।

प्रतियोगितामा सहभागी मध्येबाट मन्थली नगरपालिका–२ करमबोटबाट सहभागी रुक्मणी अधिकारी र ऋण अधिकारीको टिम पहिलो, महिला उद्यमी संस्थाबाट सरस्वती कार्की र मेनुका महतको टिम दोस्रो र अञ्जना श्रेष्ठ तेस्रो भएको छ । त्यसै गरी सृजनशील लघु उद्यमी समूहबाट देवकी भुजेल र सङ्गीता माझीको टोली सान्त्वना भएको छ ।

Advertisement

प्रतियोगितामा पहिलो हुने टिमले नगद पाँच हजार, द्वितीय हुने टिमले तीन हजार, तृतीय हुने टिमले दुई हजार र सान्त्वना हुने टिमले एक हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका आयोजक क्रियाशील पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च