सञ्चार माध्यमको संरक्षणका लागि साझा धारणा बन्दै छ : नगर प्रमुख श्रेष्ठ(भिडिओ)

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रामेछापका सञ्चार माध्यमहरूको संरक्षण र विकासका लागि नगरपालिका लागि रहेको बताउनुभएको छ ।

रामेछाप जिल्लाबाट प्रकाशित अक्षता राष्ट्रिय दैनिक तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शनिवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।

Advertisement

रामेछाप जिल्लामा रहेका सञ्चार माध्यमहरूको संरक्षण र विकासका लागि नगरपालिकाले गर्ने सहयोगका बारेमा साझा धारण बनाउन नगरपालिकाले पत्रकार महासंघ रामेछापसँग आवश्यक समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “पत्रकार महासंघले हामी रामेछापमा रहेका मिडिया र मिडियाकर्मीहरू बिचमा साझा धारणा बनाएर आउँछौँ । सोही धारणा अनुसार नगरपालिकाले मिडियालाई संरक्षण गर्नुपर्छ भन्ने प्रस्ताव गरेको छ । यसमा नगरपालिकाले हुन्छ भनेको छ । स्थानीयमा भएको स्रोत र साधन परिचालन गर्ने र आवश्यक अनुसार सूचना प्रवाह गर्ने कुरामा रामेछापमा रहेका मिडिया प्राथमिकतामा छन् ।”
मन्थली नगरपालिका रामेछाप बाहिरका मिडियालाई सूचना तथा विज्ञापन दिएर खुसी पर्ने पक्षमा नभै रामेछापकै मिडिया र मिडियाकर्मीहरू मार्फत सूचना प्रवाह गर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

Advertisement

स्थानीय सरकारले गरेको राम्रो कामलाई राम्रो र भएका कमीकमजोरीहरूलाई पनि औँल्याउने गरी कलम चलाउन पत्रकारहरूलाई उहाँको आग्रह छ । तर पत्रकारिता जगतले भावनामा बगेर कसैलाई आरोप लगाउँदै गलत सूचना सम्प्रेषण गर्न नहुने उहाँले बताउनुभयो ।

अक्षता राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक नवीन केसीको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले पत्रिकाको थप प्रगतिको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमका अवसरमा पत्रकार, व्यवसायी, शिक्षक, सहकारी कर्मी, प्रहरी, ट्राफिक प्रहरी लगायत विभिन्न क्षेत्रका एक÷एक जना गरी १४ जनालाई प्रशंसा पत्रले सम्मान पनि गरिएको थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च