डेरी एसोसिएसन रामेछापको अध्यक्षमा भानुभक्त श्रेष्ठ

रामेछाप । नेपाल डेरी एसोसिएसन रामेछाप जिल्ला समितिको अध्यक्षमा भानुभक्त श्रेष्ठ चयन हुनुभएको छ । आइतबार सदरमुकाम मन्थलीमा भएको रामेछाप जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले चिरञ्जीवी डेरी उद्योग मन्थलीका सञ्चालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा मनोहर कुमार कार्की (समृद्धि डेरी उद्योग), सचिवमा किशोर पौडेल(रामेछाप डेरी) , कोषाध्यक्षमा केशरबहादुर खत्री र सदस्यमा बलराम मगर (गोठपानी देवी उद्योग) चयन गरेको छ ।
समिति गठन गर्ने क्रममा आयोजित भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे लगायतका व्यक्तिहरू सहभागी हुनुभएको थियो ।

Advertisement

कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद प्रसाद पौडेलले नेपाल डेरी एसोसिएसनले सात प्रदेशमा कमिटी गठन गरी आफ्ना जिल्ला समितिहरु पनि बनाउँदै लगेकोमा खुसी व्यक्त गर्दै बागमती प्रदेश दुग्ध विकास बोर्ड नेपाल डेरी एसोसिएसनसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले नेपाल डेरी एसोसिएसनले सकेसम्म आफ्ना सबै जिल्लाहरूमा शाखा कमिटी गठन गर्दै जाने र दुग्ध क्षेत्रको थप उन्नति र प्रगतिमा सधैँ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डेरी क्षेत्रको सशक्त राष्ट्रिय संगठन नेपाल डेरी एसोसिएसनको अहिलेसम्म २३ जिल्ला समिति गठन भइसकेको छ । १३ जिल्ला रहेको बागमती प्रदेशमा रामेछाप सहित ७ वटा जिल्लामा डेरी एसोसिएसनको जिल्ला समिति बनेको छ ।

 

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च