कोशीखेतमा २६० मिटर तटबन्ध निर्माण

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको कोशीखेतमा तटबन्ध निर्माण भएपछि किसान खुसी भएका छन् ।

गत असोज १०, ११ र १२ गते तामाकोशीमा आएको बाढीले कटान गरेको ठाउँमा तटबन्ध निर्माण गरिएको छ । उक्त ठाउँमा असोज दोस्रो साता परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले किसानको केही धान खेत कटान गरेको थियो ।

Advertisement

जसका कारण त्यहाँका किसानहरू चिन्तामा थिए । तामाकोशी किनारमा रहेको कोशीखेत रामेछाप जिल्लाको राम्रो धान उत्पादन हुने फाँट मध्येको एक हो । तत्कालीन समयमा एकलाल श्रेष्ठ बागमती प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री भएका बेलामा विनियोजित १५ लाख रुपैयाँ बजेटबाट यहाँ तटबन्ध निर्माण गरिएको छ ।

कोशीखेतमा तटबन्ध निर्माणका लागि लामो समयदेखि माग गरिए पनि अहिले तटबन्ध बन्दा किसानहरू खुसी भएको कृषक गणेशबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो “कोशीखेत फाँट राम्रो उत्पादन हुने फाँट हो । यो फाट जिल्लाकै राम्रो धान फल्ने फाँटमा पर्छ । तर बलियो तटबन्ध नबन्दा यहाँका किसानले वर्षामा क्षति बेहोर्नु परिरहेको छ । अहिले बनेको तटबन्धले किसानलाई धेरै राहत भएको छ ।”

Advertisement

तटबन्ध बनेसँगै यहाँका किसानको चिन्ता पनि केही भने पनि कम भएको उहाँले बताउनुभयो । वडा कार्यालयको विशेष पहलमा तत्कालीन समयमा एक लाल श्रेष्ठ बागमती प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री हुँदा १५ लाख रुपैयाँ बजेट पारेर तटबन्ध निर्माण गरिएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो “कोशीखेत तटबन्ध निर्माण गर्न किसानहरूले धेरै पहिला देखि नै माग गर्नुभएको थियो । किसानको माग अनुसार तटबन्ध बनाउन वडाको बजेटले सम्भव पनि भएन । त्यसपछि वडाको पहलमा बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेटबाट तटबन्ध निर्माण गरिएको हो । यो कामले यहाँका किसानहरूलाई ठुलो राहत मिलेको छ ।”

Advertisement

तामाकोशी किनारमा रहेको कोशी खेतको बढी जोखिमयुक्त क्षेत्र पहिचान गरी १८० वटा जालीको २६० मिटर लम्बाइको तटबन्ध निर्माणको काम अन्तिम चरणमा रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोशीखेत फाँटमा मन्थली नगरपालिका–८ को चिसापानी, जखनिटार सहित वडा नं २ टेकानपुरका गरी एक सय भन्दा बढी किसानहरूको उब्जायोग्य खेत रहेको उहाँले बताउनुभयो । मन्थली नगरपालिका–८ को तामाकोशी र बफर खोला आसपासमा रहेका उब्जायोग्य खेतलाई बाढी पहिरोबाट जोगाउन धेरै ठाउँमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च